राजन झा, जनकपुर । २०७८ आश्विन १२, मंगलवार

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रदेश २ को पर्यटन प्रवर्धनका लागी एकीकृत योजना निर्माणमा जोड दिएका छन ।

होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले आज होटेल वेलकममा आयोजना गरेको पर्यटन प्रवर्धन सम्बन्धि छलफल कार्यक्रममा अध्यक्ष यादवले
धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको प्रदेश नं. २मा खुद्रा विकास ले पर्यटन प्रवर्धन सम्भव नरहेको उल्लेख गर्दै प्रदेश सरकारले एकीकृत योजना बनाउनु पर्नेमा जोड दिए ।

धार्मिक र एतिहासिक पर्यटन विश्वभरि मै पर्यटनको ठुुलो हिस्सा ओगटेको उल्लेख गर्दै अध्यक्ष यादवले पर्यटक भित्र्याउन सक्ने सम्भावना बोकेका प्रदेश भरिकै धार्मिक तथा एतिहासिक स्थलहरुलाई समेटेर एकीकृत योजना बनाउन प्रदेस सरकारलाई आग्रह गरे ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले पर्यटन प्रवर्धनको लागी प्रदेशका मुख्य धार्मिक तथा एतिहासिक स्थलहरुमा विकास निर्माणको काम शुरु गरि सकेको र अगामी दिनमा एकीकृत योजना नै बनाएर अघि बढने बताए ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको पर्यटन प्रवर्धन लागी हरेक पक्षसंग सहकार्य गर्न सरकार तयार रहेको उनको कथन थियो ।

कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह पर्यटकीय विकासमा अर्थको आभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा प्रमुख सचिव हरि प्रसाद मैनाली, अर्थ मन्त्रालयका सचिव, उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिव, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीतेन्द्रकुमार यादव, होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का बरिष्ठ सल्लाहकार युवराज लामा, विजय कुमार झुनझुनवाला, अध्यक्ष हिरा गौतम, उपाध्यक्ष विष्णु साह, महासचिव मोहन शर्मा, कोषाध्यक्ष वैकुण्ठ सापकोटा सहितको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *