
राजन झा, जनकपुर । २०७८ आश्विन ११, सोमवार
“प्रदेश २ : पति चढ्ने मोटरसाइकलको कर छुट गर्न साँसद यादवले यातायातलाई पत्र काटिन् ।”
प्रदेश २ का प्रदेश सांसदले स्वकीय सचिव रहेका आफ्ना पतिले प्रयोग गर्ने मोटरसाइकलको कर (राजस्व) छुट गर्नका लागि यातायात कार्यालयलाई निवेदन लेखेकी छन् ।
प्रदेश सांसद प्रमिला यादवले स्वकीय सचिव रहेका पति अशोक यादव चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर छुट गर्न सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी हुन् । प्रमिला नेकपा माओवादी केन्द्रबाट समानुपातिक सांसद हुन् ।
अशोक चढ्ने मोटरसाइकलको २०७८ सालको कर छुट गरिदिन सांसद प्रमिलाले आफ्नै लेटरप्याडमा निवेदन लेखेकी छिन् । उक्त निवेदन लिएर सोमबार अशोक यातायात कार्यालय लहान पुगेका थिए । तर, कार्यालयले कर छुट गर्न नमिल्ने प्रतिक्रिया दिएको छ ।
कार्यालय प्रमुख मीन भट्टराईले अर्थमन्त्री आए पनि कर छुट गर्न नसकिने बताए ।