
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ११, सोमवार
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्न गरेकी छन्। सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश खारेज गर्न सिफारिस गरेको थियो।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले प्रधानमन्त्रीको सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको जानकारी दिए।