बद्री नाथ झा, महोत्तरी । २०७८ आश्विन ९, शनिवार

लोसपा नेपाल को अध्यक्ष एवं महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य महन्त ठाकुरले जलेश्वर नगरपालिकाको आयोजनामा जलेश्वर न पा २ मा स्थित भागेसर पार्कको शिलान्यास गरेका छन् ।

शिलान्यास समारोहमा रौतहट जिल्ला को प्रतिनिधि सभा सदस्य अनिल कुमार झा , पुर्व सामाजिक विकास राज्यमन्त्री एवं महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ (१) को प्रदेश सभा सदस्य अभिराम शर्मा , प्रदेश सभा सदस्य रानी शर्मा , प्रदेश सभा सदस्य बबिता चौधरी , जिल्ला समन्वय समिति सभापति सुरेश प्रसाद सिंह , जलेश्वर अस्पताल बिकाश समिति को अध्यक्ष सुरेश पाण्डे लगायत विभिन्न पार्टीका नेता , कार्यकर्ता तथा जलेश्वरनगरवासीको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता जलेश्वरका मेयर राम शंकर मिश्र र प्रमुख अतिथिमा महन्त ठाकुरको उपस्तिथि रहेकोे थियो । करिब पौने ७ करोड को लागतमा सो पार्कको निर्माण हुनेमा सहरी बिकास मन्त्रालय बाट पौने ५ करोड र नगरपालिका बाट २ करोड लगानी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *