
संजीव सिंह | २०७८ भाद्र ३१
“तालिबानी नियन्त्रणमा अफगानी, देश छोडे राष्ट्रपति अशरफ घानी”
एक्काइसौं शताब्दीको रंगीन र प्रविधियुक्त समाज द्वन्द र आपतको चपेटमा विवश एवं लाचार छ। वाउन्ड्रीलेस बोर्डरको अवधारणामा हुर्कदैं गरेको विश्व पारम्परिक युगतर्पm फर्कदै गरेको साक्षी इतिहास होइन वर्तमान बनेको छ। अराजकता, हत्याहिंसा र सत्ताकब्जाको श्रृंखला बढ्दो छ। परापूर्वकालको सम्झना दोहोरिएको छ। युद्धमा भय र डरले राजा जुत्ता नलगाई भागेको घटनाको वास्तविक चित्रण वर्तमानमा नै देख्न र सुन्न पाइएको छ। हो, काबुललाई कब्जामा लिइएको छ। तालिवानी विद्रोेहीले अफगानिस्तानमाथि नियन्त्रण गरेको छ। तालिबानले बीस वर्ष पश्चात पुनः सत्ता कब्जा गरेको छ।

१५ अगष्टमा तालिबान लडाकुहरू अफगानीस्तानको राजधानी काबुल तर्फ बढ्दै काबुल कब्जा गरे। अफगानिस्तान आधिकांस ठाँउमा आफ्नो नियन्त्रण कायम गरेको छ। यसैबीच राष्ट्रपति अशरफ घानी तुरन्तै मुलुक छोडेर संयुक्त अरब इमिरेट्समा शरण लिन पुगे। जुत्ता लगाउने समय समेत नपाएका घानी अकुत सम्पत्ति लिएर अफगन छोडे। आजको विज्ञान र प्रविधियुक्त संसारमा पनि सत्ताकब्जा र राष्ट्रप्रमुख लगायत जनता पलायन हुनुले संयौं वर्ष पूर्वको युगको अवस्थामा ल्याएको भन्दा फरक नपर्ला?
घटनाक्रमः

अफगानिस्तानमा दुई दशक लामोयुुद्ध पश्चात तालिबान विद्रोहीले पुनः सत्ता र शक्तिमा पहुँच बनाएको छ। अफगानिस्तानमा अमेरिकी नेतृत्वको फैजको कारबाहीले सन् २००१ मा तालिबानीलाई सत्ताच्यूत गरेको थियो। आउँदो सेप्टेम्बर ११ मा फिर्ती प्रकृया पूरा गर्ने तयारीमा रहेको तालिबानी एक महिना अगाडी सत्ताकब्जा गर्न सफल भएको हो।
सन् २०१८ मा तालिबानी लडाकुले अमेरिकी सर्मथित शान्तिवार्तामा प्रवेश गरेको थियो। सन् २०२० को फेबु्रअरीमा दुई पक्षबीच कतारको दोहामा बृहत शान्ति सम्झौता भएको थियो। शान्ति सम्झौताले अफगानिस्तानबाट अमेरिकी फौजको फिर्ती र तालिबानीले उनीहरुमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाइयो। सम्झौतामार्फत गरिएका अन्य प्रमुख प्रतिबद्धतामा तालिबान नियन्त्रित क्षेत्रहरुमा अल–कायदा अथवा अन्य समुहलाई संचालनमा आउन नदिने र राष्ट्रिय शान्तिवार्ताको प्रकृयालाई अगाडी बढाउने आदी प्रयास रहेको थियो।

सेप्टेम्बर ११, २००१ को अमेरिकी घटनापछि तालिबान संसारको नजरमा छाएको हो। अमेरिकाको वल्र्ड ट्रेड सेंटरमा भएको आतंकी हमलाका योजनाकार ओसामा बिन लादेनलाई संरक्षण तालिबानीले नै दिएको थियो। अमेरिकाले आफुलाई लादेनलाई सुम्पिन भन्दा तालिबानले स्विकार गरेन। तत्कालै अमेरिकाले अफगानिस्तामै मुल्ला ओमारको सरकारलाई अपदस्थ गराएको थियो। पछि ओमार लगायतका नेताहरु पाकिस्तानमा शरण लिएका थिए। आतंकी लादेनको हत्या अमेरिकी सैनिकले सन् २०११ मा पाकिस्तानको अबोटाबादमा गरेको थियो। मुल्ला ओमारको मृत्यु सन् २०१३ मा पाकिस्तानमै भएको तथ्य तालिबानीले २०१५ मा सार्वजनिक गरेको थियो। पाकिस्तानमा बसेर निरन्तर तालिबानीहरु अफगानिस्तान पस्ने र फर्किने योजनालाई गति दिई नै रहेको थियो। र अन्ततः अफगानमाथि कब्जा जमाउन सफल रह्यो।
गत वर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच ऐतिहासिक सम्झौता भएका थियो। सम्झौता अनुसार अमेरिकी सेना १४ महिनाभित्र अफगानिस्तान छोड्ने सहमती भएको थियो। यसै अनुसार तालिबान र अफगा सरकारबीचको युद्ध समाप्त गर्नकोलागि बातचीत हुनुपर्ने थियो तर परिणाम ठोस ननिसक्दा युुद्धले निरन्तरता नै लिई रहयो। हजारौ तालिबानी विद्रोही, अफगान सैनिक र सर्वसाधारणको मृत्यु पश्चात अन्तोगत्वा तालिबानीले अफगानिस्तानमाथि आफ्नो कब्जा जमाउन सफल भयो। तालिबानको निरन्तर संघर्ष र प्रयासले पुनः सत्ता प्राप्ति भएरै छोड्यो। यस संगै अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय फौजले अफगान भूमि छाडनु प्रमुख कारण रहयो। घटनाक्रमसंगै तालिबालेले आफु माथि प्रतिशोधात्मक आक्रमण गर्ने डरले हजारौं अफगान जनताले देश छोडेका छन्। यद्यपी प्रतिशोधको लरहमा कैंयोै अफगानीलाई मृत्युको मुखमा तालिबानीले धकेल्दै छ। हालै मात्र तालिवानले नयाँ अन्तरिम सरकारको गठन गरेको छ।
तालिबानी ताकत

अफगानिस्तानमा तीन दशकदेखि सक्रिय तालिबानी विद्रोही संसारको नजरमा सन् २००१ को अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमाथि भएको भिषण आतंकी हमला पश्चात एकाएक चर्चा, बहस र अनुसन्धानको बिषय बन्न पुग्यो। उक्त हमलाका योजनाकार ओसामा बिन लादेनलाई तालिबानले संरक्षण दिएको थियो। अफगानिस्तानमा त्यतिबेला मुल्ला ओमारको शासन थियो। ओमारको शासनलाई हटाउँदै अमेरिकाले अफगानमा नयाँ युगको शुरुवात ग¥यो। हामिद कारजाईकोे अगुवाइमा शासनको बागडोर आइपुग्यो। अमेरिकी फौज अफगानमा दीर्घकालिन रुपमा डेरा जमाएर बस्न थाल्यो। र आतंकी ओसामालाई खोजेर पाकिस्तानको अबोटाबादमा सन् २०११ मा हत्या गर्न सफल रह्यो।
सन् १९९० को शुरुवातमा उत्तर पाकिास्तानमा तालिबानको उदय भएको मानिन्छ। यसै दौरमा सोभियत सेना अफगानिस्तानबाट फर्किदै थियो। पश्तुन आन्दोलनको आडमा तालिबानी अफगानमा आफ्नो जडा जमाउँदै थियो। यो एक सुन्नी इस्लामिक आधारवादी आन्दोलन थियो। “तालिबान” शब्दको अर्थ पाश्तो वा पश्तुन भाषामा ज्ञानार्थी (छात्र) हो। यो यस्तो छात्र हो, जो इस्लाम कट्टरपंथी विचारधारामा विश्वास गर्दछ।
अफगानिस्तानको भूमिमाथि कुनै बेला सोभियत संघको कब्जा थियो। र सन् १९८९ मा मुजाहिदीनले लखेट्न सफल भयो। यसकै कमान्डार बने पश्तुन आदिवासी समुदायका सदस्य मुल्ला मोहम्मद ओमर। पछि ओमरले नै तालिबानको स्थापना गरे। सन् १९९४ मा ओमारले कंधारबाट ताबिानको संचालन गर्न थाले। कुल ५० सर्मथकका साथ अफगानको बागडोर सम्हाल्दैं बृहत र हिंसात्मक बाटोमा अगाडी बढ्दै देशभर फैलिन थाल्यो। सन् १९९५ मा हेरात प्रांत र १९९६ मा कंधार कब्जा गर्दै काबुलमा शासन सत्ता सम्हाल्न सक्षम भयो। तत्कालिन राष्ट्रपति बुरहानुद्दीन रब्बानीलाई बर्खास्त पार्र्दै उमरले सत्ता कब्जा गरे। सन् १९९८ सम्ममा ९० प्रतिशत भुभागमा तालिबानको कब्जा थियो।

शरुवातमा अफगानी जनताले तालिवानको स्वागत र सर्मथन पनि ग¥यो। तत्कालिन अवस्थामा समाधानको रुपमा तालिबानलाई हेर्न थालियो। तर विस्तारै तालिबानले कडा इस्लाम नियम लागु गर्दै ग¥यो। चोरी, हत्या र बलात्कारका दोषि देखि अन्य सबै अपराधीलाई खुमेआम मृत्युदण्डको सजाय दिन थालियो। समयसंगै रुढिवादी र कट्टरपंथी परम्परा लादिन थालियो। टीभी, म्युजिक र सिनेमा हलमाथि प्रतिबंध लगाइयो। महिलालाई विद्यालय जान प्रतिबंध र अनिवार्य वुर्का लगाउन लगाइयो। डर र आतंकको जीवनमा अफगानी जनता बाँच्न थाले।
सेप्टेम्बर ११, २००१ की अमेरिकाको वल्र्ड ट्रेड टावरमा भएको हवाई हमला पश्चात तालिवान सरकार र तालिबानी क्रमश हराउँदै गयो। यद्यपी उनीहरुको आंतरिक गतिविधी व्यापक भई नै रह्यो र क्रमशः विद्रोहको बाटो फेरी अपनाउँदै काबुल कब्जा गरि छोड्यो। २० वर्षपश्चात पुनः तालिबानले आफगान कब्जा गर्ने सफल भयो र अमेरिकी सैनिकलाई अफगान भूमि छोड्न वाध्य बनायो।
अफगानको इतिहास
दक्षिण एसियामा अवस्थित अफगानिस्तान एक भुपरिवेष्ठ्ति इस्लाम राष्ट्र हो। सन् २००७ मा यो राष्ट्र सार्ककोे आठौं सदस्य राष्ट्र बनेको थियोे। कुल ३४ प्रशासनिक प्रान्तमा विभाजित अफगानिस्तानको क्षेत्रफल ६,५२,८६४ वर्ग कि.मी. र जनसंख्या करिब ३ करोड रहेको छ। सन् १९१९ मा मान्यता प्राप्त अफगान रेशम मार्ग र मानव प्रवासको प्राचीन केन्द्रबिन्दु मानिन्छ। यहाँ नगरीय सभ्यताको शुरुवात ३ हजार देखि २ हजार ई.पू. भएको मानिन्छ।

१० हजार वर्ष अधिकदेखि मानव वस्ती र बसोबास रहेको अफगानिस्तानको अर्थ स्थान वा भूमि हो। यहाँको मूल भाषा पश्तो वा दरी हो। ४२ % पश्तुन जातीको बसोबास रहेको अफगानीलाई पठान पनि भन्ने गरिन्छ। प्राचीन कालमा फारस तथा शक साम्राज्यको अंग रहेको आफगानिस्तान कैयौं सम्राट, आक्रमणकारी एवं विजेताको कर्मभूमि रहेको हो। सिकन्दर तुर्र्क, मुगल शासक बाबर, मुहम्मद गोरी, नादिर शाह सहित शिख साम्राज्य प्रमुख थियो। राजधानी काबुल, कंधार (गन्धार प्रदेश) हिन्दुको प्राचीन ग्रन्थ महाभारत अनुसार राजा शकुनीको राज्य थियो। इसा पूर्व ७०० वर्ष पहिले कंधार शकुनीको राज्य र इसा पूर्व २३० मा मौर्य शासनले अफगानमा राज्य गरेको इतिहास छ।
आधुनिक काल अर्थात १९ औ शाताबदीमा अफगानको अवस्था व्यवस्थित एवं विकसीत रह्यो। सन् १९३३ देखि १९७३ सम्म राजा मोहम्मद जाहिर शाहको नेतृत्वमा रहेको अफगान समृद्ध र आधुनिकताको चरममा थियो। संसारभरयुरोपियन युनियन शक्तिको अधिपत्य रहँदा पनि अफगान स्वतन्त्र रहि मौलिक शासन प्रणाली लागू गरेका थियो। दोस्रो विश्वयूद्ध पश्चात पनि अफगानिस्तानले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेका थियो। १९ वर्षको उमेरमा राजा भएका शाह ४० वर्षसम्म राज्य चलाउँदै अफगान र अफगानीलाई कुशल नेतृत्व एवं विकासको बाटोमा डो¥याउन सफल भएको थियो।

आफतमा अफगान
हजारौं वर्षको अफगानि इतिहासमा सत्ता परिवर्तन र हिंसाका घटनाले निरन्तरता पाउन छोडेन्न? हुन त संसाभरीनै सत्ता परिवर्तन हूँदा हिंसा र अराजकताले ठाउँ नपाएको कहाँ छ र? यद्यपी सन् १९७३ पछि अफगानमा सत्ता समिकरणको खेलमा रक्तरंजित र अराजकता बढ्दै आएको छ। राजा जाहिर शाहलाई सत्ताच्यूत गर्दा सोभियत सेना र कम्युनिष्टको साठगाँठ देखी मुल्ला ओमारलाई सत्ताच्युत गर्दा अमेरिकी सेनाको सहयोग होस वा तालिबानले पुनः अफगान कब्जागर्दा पकिस्तान, इरान लगायतका केही संंगठनको साथ होस्, अफगान आफतमै रहको देखिन्छ।

युद्ध र अराजकताको चपेटमा विगत लामो समयदेखि आफगान जल्दै छ। सन् २००१ को अमेरिकामा अलकायदाले गरेको हमला पश्चात अफगानमा अमेरिकी सैनिक उपस्थिती रहँदै आएको हो। २० वर्षे लामो र भिषण युद्धमा करिब २ हजार ५ सय अमेरिकी सैनिको मृत्यू भएको हो भने अमेरिकाको २० खर्ब डलर रकम युद्धमा सखाप भयो। युद्धमै होएिको कारण झण्डै १ लाख ७६ हजार जनाको हत्या भएको भएको तथ्याङ्कले देखाउछ। अफगानी जनता ४३ हजार ३१९ र ६९ हजार ९५ सेना एवं सुरक्षकर्मी तथा ५२ हजार ८९३ जना विरोधीहरुको मृत्युको खबर ब्राउन विश्वविद्यालयको अनुसन्धान एवं खाजले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
बीस वर्ष पछि पुनः सत्तामा पुग्न सफल बहुसंख्यक पश्तुन समुदायका तालिबानले कसरीे राज्य र जानताको हिफाजत गर्ने हो? हेर्न बाँकी छ। इस्लामी शारिया कानून कसरी लागु गर्ने हो? र अन्तर्राष्ट्रिय समुदायसंग कस्तो खालको परराष्ट्र नीति, सम्बन्ध एवं व्यापार गर्ने हो समयले देखाउने छ। पाकिस्तानी मदरसामा पढेर हुर्केका अधिकंश तालिबानीहरु आफुलाई धार्मिक अनुयायी भने पनि हत्यार र रुढीवादी परम्पराका पक्षधर देखिएका छन्।
आतंकवादको विरुद्ध लड्दै गरेको अमेरिका र विश्व अन्तः पराजित भएको अवस्था छ। उल्टै आतंक र विद्रोहीको बिल्ला भिडेकाहरु सत्तामा आसिन भएको छ। महिला बालबालिका र सामान्य आफगानीलाई आतंकको डर कायमै छ। झण्डै ८५ हजार लडाकु सहितको तालिबान फौज अफगानमा सत्ता प्राप्ति गरेको छ। जितको शंखनाथ गर्दै विश्वलाई खतराको संकेत दिएको देखिन्छ।