मुलुक डेस्क, महोत्तरी । २०७८ आश्विन ४, सोमवार

महोत्तरीको मनरा शिसवा नगरपालिका-१, मनरा बजारमा आज राष्ट्रिय युवा संघ नेपाल को भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ् ।

प्रदेश २ मा ब्याप्त गरिबी र अशिक्षालाई हटाउनु प्रमुख मुद्दा रहेको र सो को लागि ठोस बृहत् योजना एवं कार्यन्वयन हुनु पर्नेमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव एवं प्रदेश दुइ का प्रदेश प्रमुख शिवचन्द्र सिंहको जोड थियोे ।

समाजमा रहेको कुरिती एवं कुसंतीको बिरुद्धमा युवा जमात एकजुट हुनुपर्ने बताए नेता राजेन्द्र साह। मनरा कै स्थानीय समेत रहेका नेता साहको अनुसार जातीय विभेद र सहभागिता मुलक समाजको अवधारणा अगाडि ल्याउनु पर्दैछ ।

राष्ट्रिय युवा संघ नेपाल को भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले महिलाको शिक्षा र स्वतन्त्रतामा विशेष जोड दिनुपर्ने बताए । रोजगारीको सिर्जना स्वदेश मै तथा महिला बिभेदको अन्त्य हुनुपर्ने उनको कथन थियोे ।

उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा हजारौं कार्यकर्ता एवं अतिथिहरुको उपस्तिथि रहेको थियोे । उक्त सभामा नेकपा एमाले केन्द्रिय सदस्य महोत्तरी सह इन्चार्ज क. सरोज यादवले दमदार र समय सान्दर्भिक सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *