
नविन यादव, सप्तरी । २०७८ अश्विन २, शनिवार
सप्तरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा अक्सिजन प्लान्ट आईपुगेको छ् । आम जन्ताको आश र बिस्वासको सपना संगै राजविराजको छिन्नमस्ता अस्पतालमा
स्थापनाका लागि आवश्यक सामग्री आज राजविराज आइपुगेको छ ।
सप्तरीको मुटुमा रहेको छिन्नमस्ता अस्पतालमा शनिबार बिहान ५ बजै अक्सिजन प्लान्ट आउन बितिकै स्रोत साधन प्रयोग गरेर अस्पतालको भित्रमा सुरक्षित तरिकाले राखिएको छ।
दैनिक १०० सिलिण्डरसम्म भर्नसक्ने क्षमताको अक्सिजन प्लान्ट अस्पतालले चाडै स्थापना गर्न लागेको बताईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उक्त सामग्री अस्तालमा ल्याइएको अस्पतालको संयोजक दिपेन्द्र यादवले जानकारी दिए ।
उनका अनुसार आईतबार देखी प्लान्ट स्थापना गर्ने ठाउँ सुरक्षित गरि केहि हप्तामै हामीहरू सेवा सुविधा दिने बताएको छ। स्थापना भए पछि चाहिने आवश्यक अस्पतालहरूमा समेत अक्सिजन सेवा सुविधा दिने अस्पतालको निर्देशक बरिष्ठ ईन्जिनियर शलैन्द्र मोहन झाले बताएका छन ।