मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ३०, बुधवार

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सदस्यता वितरण अभियान सुरु गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर आफु सदस्यता लिई मंगलवार देखि सदस्यता वितरण अभियान सुरु गरेको छ् ।

अध्यक्ष ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतो, वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झाले सदस्य प्राप्त गरेका छन् । रु. १० तिरेर साधारण सदस्यता लिएका नेताहरू केही दिनमै सक्रिय सदस्यता लिने जनाएको छ । लोसपाका केन्द्रिय सदस्य राजीव झाले पनि हिजै सदस्यता लिएका छन ।

लोसपाका विद्यान अनुसार १० रुपैयाँ तिरेर फारम भरेपछि मात्र पछि सक्रिय सदस्यता पाइने ब्यबस्था छ । सक्रिय सदस्यता प्राप्त गरेका व्यक्तिहरुबाट केन्द्रीय कार्य समिति, प्रादेशिक कार्य समिति वा जिल्ला कार्य समितिले मासिक वा वार्षिक लेबी लिनेछ ।

पार्टीको सदस्यहरुबाट प्राप्त सदस्यता शुल्क, आवेदन शुल्क, फारम बिक्री रकम, प्रकाशन विक्रि वापत प्राप्त रकम, लेबी एवं दाताहरुबाट प्राप्त सहयोग राशिबाट पार्टी कोष खाडा गरिने लोसपाको नियमावलीमा उल्लेख छ ।

पार्टीबाट लाभको पद प्राप्त गर्ने व्यक्तिले पाउने भ्रमण भत्ता, घर भत्ताबाहेक अन्य पारिश्रमिकबाट कम्तिमा १० प्रतिशत लेबी अनिवार्य रुपमा पार्टी कोषमा जम्मा गर्ने नीति लोसपाले बनाएको छ ।

त्यस्तै, पार्टी सदस्यद्वारा आफ्नो खुद आयको एक प्रतिशत लेबी पार्टी कोषमा जम्मा गर्ने कार्यलाई पार्टी हित अनुकुल मानेर त्यस्तो सदस्यलाई पार्टीद्वारा मनोनित हुने पदको लागि प्राथमिकताको थप आधार मानिने लोसपाको नियमावलीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *