मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २४, बिहीवार

एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफ्नो भेटवार्ता शुरु गरेको छ ।
ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ । छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन् ।

यो भेटले एमसीसीबारे एमालेको पोजिसन स्पष्ट पार्ने अपेक्षा गरिएको छ । एमाले भित्र उपाध्यक्ष भीम रावललायतका नेताहरु भने एमसीसीको विपक्षमा स्पष्ट रुपमा उभिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *