मुलुक डेस्क, काठमाडौं । २०७९ भाद्र २३, बुधवार

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। बुधबार आयोजकले खेल तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा काठमाडौं किंग्स ११ र ललितपुर प्याट्रियोट्स भिड्ने भएका छन्। खेल दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ।

असोज ९ बाट सुरु हुने ईपीएलको चौथो संस्करणमा साविक विजेता ललितपुरले काठमाडौंसँग खेल्दै उपाधि रक्षाा अभियान सुरु गर्नेछ।

विभिन्न सहरका ६ फ्रेन्चाइज टोलीको सहभागितामा हुने प्रतियोगिता असोज २३ सम्म चल्नेछ। असोज १० गते हुने दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगरले प्रतिस्पर्धा गर्नेछन्। त्यही दिन अर्को खेलमा गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज भिड्नेछन्।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिम ललितपुर प्याट्रीयट्स, भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किंग्स–११, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) बाट मान्यता पाइसकेको छ। ईपीएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख पाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *