
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २०, आइतवार
काठमाडौं । कैलाश मानसरोवर यात्राबाट फर्किएका भारतीय प्रसिद्ध योगगुरु सदगुरुले नेपाललाई ‘एसियाको स्वीट्जरल्याण्ड’ को उपमा दिएका छन् ।
शनिबार नेपाल पर्यटन बोर्डद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागिता जनाएका सदगुरुले नेपाल एसियाको स्वीट्जरल्याण्डको उपमा दिँदै उचित व्यवस्थान भए समृद्ध नेपाल चाँडै बन्ने पनि बताए ।
उनलाई बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले सदगुरुलाई स्वागत गरेका थिए। सदगुरु नेपाली भूभाग लिमि भ्याली भएर कैलाश मानसरोवर तीर्थयात्रामा निस्केका उनी सोही पथ हुँदै काठमाडौं फिर्ता भएका थिए ।
कार्यक्रममा सदगुरुले भने, ‘नेचर, कल्चर, एडभेन्चर, यहाँ नभएको के छ ? सबैथोक छ । केवल व्यवस्थापन खाँचो छ र यसैबाट समृद्धिको यात्रा तय गर्ने त्यो चिन्तन उजागर हुँदाको दिन नेपालको समृद्धिलाई कसैले रोक्न सक्दैन ।’
नेपालको समृद्धि पर्यटनबाटै सम्भव रहेको पनि सदगुरुले बताएका छन् । प्रकृतिको अनुपम उपहार र स्वर्ग नेपाल नै रहेकाले समृद्धि यहीँबाट हुने उनको भनाइ थियो ।
यसैगरी बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले कोरोनाबीच सदगुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश पुर्याएको बताएका छन् । धार्मिक तथा सांस्कृतिक हिसाबले समान रहेका भारत र नेपालबीचको सहकार्यले देशले पर्यटनबाट फाइदा लिन सक्ने उनले बताए । नेपालमा धार्मिक आध्यात्मिक पर्यटन प्रवद्र्धन गर्न सदगुरुहरुसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको पनि उलने बताए ।