
मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १८, शुक्रवार
चालु आवको साउन महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पौने पाँच अर्ब कूल बीमा शुल्क आम्दानी गरेको छ । अनौपचारिक रुपमा प्राप्त तथ्याङ्क अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन महिनामा चार अर्ब १८ करोड नविकरण बीमा शुल्क आम्दानी गरेको छ भने ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ । कम्पनीले आफ्नो अधिपत्य कायम राख्दै पौने पाँच अर्ब प्रथम बीमा शुल्क संकलन गरेको हो । कूल १३ अर्ब ७८ करोड प्रथम बीमा शुल्क मध्ये नेपाल लाइफले मात्रै झण्डै सवा चार अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै दोस्रो स्थानमा राष्ट्रिय बीमा संस्थानले कूल तीन अर्ब ७३ करोड बीमा शुल्क आम्दानी गरेको छ । सो मध्ये तीन अर्ब ६८ करोड रुपैयाँ नविकरण बीमा शुल्क र पाँच करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको हो ।
त्यस्तै नेशनल लाइफ तेस्रो स्थानमा छ । सो कम्पनीले एक अर्ब आठ करोड रुपैयाँ नविकरण बीमा शुल्क र २५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्द्यानी गरेको छ । तेस्रो स्थानमा पुगेको एलआईसी नेपालले ९२ करोड नविकरण शुल्क र आठ करोड प्रथम बीमा शुल्क संकलन गरेको छ । त्यस्तै युनियन लाइफले ५७ करोड रुपैयाँ नविकरण शुल्क र १९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ ।
एशियन लाइफले १३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्दा ५० करोड रुपैयाँ नविकरण बीमा शुल्क आम्दानी सहित कूल ६३ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।
सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमा शुल्क बापत ११ करोड रुपैयाँ संकलन गर्दा ४१ करोड रुपैयाँ नविकरण बीमा शुल्क आम्दानी गरेको छ भने मेट लाईफले १३ करोड प्रथम बीमा शुल्क आम्दानी गर्दा ३६ करोड रुपैयाँ नविकरण शुल्क आम्दानी गरेको छ ।
सिटिजन लाइफले २६ करोड रुपैयाँ नविकरण बीमा शुल्क आम्दानी गर्दा १८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ । पुरानो कम्पनी प्राईम लाइफ र गुराँस लाइफले समान रुपमा पाँच करोड प्रथम बीमा शुल्क संकलन गरी ३५ करोड रुपैयाँ नविकरण बीमा शुल्क आम्दानी गरेका छन् ।
त्यस्तै आईएमई लाइफले २० करोड रुपैयाँ नविकरण बीमा शुल्क र १४ करोड प्रथम बीमा शुल्क सहित कूल ३४ करोड रुपैयाँ संकलन गरेका छन् । ज्योति लाईफले २२ करोड रुपैयाँ नविकरण शुल्क सहित ३३ करोड कूल बीमा शुल्क संकलन गरेका छन् भने रिलायबल नेपाल लाइफले ३० करोड रुपैयाँ, सन नेपाल लाइफले २९ करोड रुपैयाँ, रिलायन्स लाइफले २८ करोड रुपैयाँ, सानिमा लाइफले १४ करोड र महालक्ष्मी लाइफले १२ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेका छन् ।