मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १५, मंगलवार

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले पाउने पुरस्कार राशिमा वृद्धि गर्दै ५० लाख बनाइएको छ।

ईपीएल क्रिकेट विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छ। ४ वर्ष अगाडि सन् २०१७ मा प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पाउने गरेका थिए। पछी बढाउदै २५ लाख रुपैयाँ र यसपटक पुरस्कार राशिमा दोब्बरले वृद्धि गर्दै ५० लाख पारिएको हो । नेपाली क्रिकेट प्रतियोगिताको यो अहिलेसम्मकै ठूलो राशि पनि हो।
ईपीएलको चौथो संस्करण आगामी असोज ९ देखि असोज २३ गतेसम्म त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिम ललितपुर प्याट्रीयट्स, भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किंग्स–११, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *