When to see festivals in Nepal? | festivals in Nepal



चाडपर्व आउदै, निषेधाज्ञा हटाउदै, कोरोना फैलाउदै

अनुशा थापा | २०७८ भाद्र १४

साउन महिनासंगै चाडपर्वहरुको ओइरो लाग्न शुरु हुन्छ । कहिले साउने व्रत त कहिले गाईजात्रा । कहिले जनैपूणिर्मा त कहिले कृष्णजनमाष्टमी । चाडको आगमनसंगै कोरोना कहरबीच भीडभाड भन्दा अरु केही छैन् । गाईजात्रा मनाउने क्रममा भक्तपृर दरबार स्क्यावर वरिपरि कत्रो भीड देखियो । कोरोनाको जोखिम बढेकोले भक्तपुरको प्रजिअले भीड नगरी मनाउन आग्रह गर्यो । तर प्रशासनकै कमिकमजोरीको कारणले गर्दा हजारौ सर्वसाधारण स्वास्थ्य मापदण्डको पालना नगरी गाईजात्रा मनाउनको लागि जम्मा भए ।
त्यस्तै साउन महिनामा महिला व्रतालृहरुको भीड पशुपतिनाथ मन्दिरमा उत्तिकै देखियो । स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै व्रतालृहरु पशृपतिनाथमा जम्मा भएका थिए । नेपालमा साउन महिनालागे संगै चाडपर्वको आगमन शुरु हुन्छ ।


चाडपर्व लागेसंगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने पनि यत्तिकै हुन्छन् । स्वास्थ्य मापदण्ड पालना नभएसंगै कोभिडको नँया भेरियन्ट देखा पर्छ । धमाधम चाडपर्व आइरहेको छन् । चाडपर्वसंगै संक्रमण दर बढ्न सक्ने अवस्था पनि देखिएको छ । देशभर कति जिल्लामा अझै पनि निषेधाज्ञा जारी नै छ । उपत्यकामा सिडियो कार्यालय निषेधाज्ञा जारी नै छ भन्दै सुचना निकालेको छ । तर कसैले टेरेको भने होइन् ।


सबैभन्दा बढी कोरोना संक्रमित उपत्यकाका तीन जिल्लाका सर्वसाधारणलाई देखिएको छ । देशभरको सक्रिय संक्रमित मध्ये उपत्यकामा मात्र झन्डै एक तिहाइ रहेको छ । उपत्यकामा लगाएको निषेधाज्ञा नाममा मात्र बाँकी रहेको छ । जहाँ हेर्यो मानिसहरुको भीड यत्तिकै छ । अनुहारमा मास्क छैन् । सामाजिक दुरीको पालना गरिएको छैन् ।


हवाईजहाजदेखि लिएर बाटोमा गुड्ने सवारी साधनले समेत स्वास्थ्य मापदण्ड पालना गरेको छैन् ।
तैपनि अनुगमन कही पनि गरेको छैन् । निषेधाज्ञा झन् कडा गर्दै लानुपर्ने ठाँउमा कोरोना संक्रमण बढाउनको लागि प्रशासनको खासै पहल देखिदैन । आउदो दिनमा कोरोना संक्रमणको दर बढ्दै गयो भने यसको जिम्मा कसले लिन्छ ।


अस्पतालमा बेड नभएर भुँइमा राखेर उपचार गर्नृपर्ने दिन आँउछ । उपचार नपाएर कतिले कोरोनाकै कारण शरीर त्याग्नु पर्ने स्थिति आँउछ । त्यतिखेर राज्यले के गर्छ ? एउटा नागरिक बनाउनको लागि सरकारको कति लगानी छ । र एउटा नागरिक गुमाउँदा राज्यलाई कति घाटा हुन्छ ?
अस्पतालमा हेर्यो सर्वसाधारणको चाप यत्तिकै छ । खोप लाउने ठाँउमा पनि मानिसहरुको घुइँचो छ । यातायात कार्यालय, मालपोत, बैंक फाइनेन्स, होटलहरुमा पनि मानिसहरु भीड उत्तिकै देखिन्छ । देशकै जेठो अस्पतालल भनेर चिनिने वीर अस्पतालमा सेवाग्राहीको भीडले गर्दा खुट्टा टेक्ने ठाँउ छैन् ।

को कोरोनाको बिरामी, को अरु कुनै रोगी भनेर चिन्नै मुश्किल छ । सबैजना एकै ठाँउमा कुनै सभामा भेला भएर बसे जस्तो देखिन्छ । देशकै जेठो अस्पताल वीरमा त कोरोनाको पीर छ भने अरु अस्पतालको हाल बारे सोचौ । वीर अस्पतालको टिकट काट्नेहरुको अव्यस्थित लाइनले कतिको मनस्थितिमा कोरोना हराइसकेको हो र ? भन्ने प्रश्न पैदा हुन्छ ।


सरकारको प्रत्यक्ष रेखदेखमा सञ्चालन हुने वीर अस्पतालमा कोरोनालाई लिएर चरम लापरबाही गरिएको स्पष्ट देखिन्छ । वीर अस्पतालमै मात्र होइन् । सिभिल अस्पताल तथा अन्य सरकारी र निजी अस्पतालमा सेवाग्राहीहरुको भीडभाड उत्तिकै देखिन्छ ।

कोरोनाको कारण दिनहुँजसो मृत्यृ हुनेको दर बढ्दो छ । यसरी देैनिकी कोरोनाको कारण मानिसहरुले ज्यान गुमाउँदा राज्यले निकै ठुलो क्षति पुर्याएको छ् । एउटा नेपाली आमाको कोखबाट बच्चा जन्मिन्छ । त्यो बच्चा हुर्काउनलाई उसको परिवारको कति लगानी भएको हुन्छ । राज्यलाई कहाँ वास्ता छ् ?
परिवारको मात्र नभएर राज्यको पनि लगानी हुन्छ। राज्य र आफ्नो परिवारको लागि केही गर्छ भन्ने आशा बोकेको धेरै हुन्छन् तर कोरोनासंगै उसको परिवारले पनि त्यो आश गुमाउनु पर्छ । राज्यलाई कर तिर्ने एउटा नागरिकमा कमी हुन्छ ।


फेरि अर्को जन्मेको बच्चाबाट कर पाउन त राज्यले बर्षो कुर्नु पर्ने हुन्छ । कोरोना लागेको एउटा व्यक्ति उपचार गर्न राज्यको ढुकुटीबाट कति राजस्व खर्च भएको छ । एउटा नागरिकको उपचारमा राज्यले कति लगानी गर्नु परेको छ । किन कि राज्यको सबैभन्दा प्रथम दायित्व भनेको आफ्नो देशको जनताको बाच्ने अधिकार सुनिश्चित गर्नु हो ।


राजनितिक दलहरुलाई त कोरोना आएको दशै आए जत्तिकै भएको छ । राजनितिज्ञहरु भेला, पुजापाठ, संस्था खोल्दै हिडेका छन् । विश्वभर कोरोना फैलिएको छ । सबै राष्ट्र्ले आफ्नो देशको नागरिक बचाउन विभिन्न स्वास्थ्य मापदण्ड अपनाएको छन् । नेपालका नेताहरु कार्यक्रम भ्रमण गर्दै ताली बजाउदै हिडेको छन् ।


स्वास्थ्य मापदण्ड पालना नगर्नेमा सर्वप्रथम नेताहरुलाई नै लिनुपर्छ । यसको सिधा असर व्यापारीहरुले लिएको छन् । नेताहरुले जे गरेपनि केही नहुने रैछ । उनीहरुले भीडभाड गर्दा पनि कोरोना नफैलिने ? कोरोनाले पनि नेता र व्यापारी चिन्दो रैछ !


व्यापारीहरुले पनि सरकारले बनाएको स्वास्थ्य मापदण्ड बेवास्ता गरेको छन् । हुन त ठुलोले जे गर्छन् सानाले त्यसकै सिखो गर्छन् । सरकारी कर्मचारीहरुलाई तलबभत्ता र कमिशनभन्दा अरु केही पनि चाहिदैन् । जनता मरुन् कि बाचुन् सरकार र कर्मचारीलाई केही मतलब नै छैन् । कोरोनाको कारणले सरकारी कर्मचारी मालामाल भएका छन् । काम नै नगरि तलबभत्ता पनि पाए । सरकारी कर्मचारीलाई त कोरोना दशै मनाए जत्तिकै भयो ।

२०७८ साउन २७ गतेबाट २०७८ भदौ ५ गतेसम्म राति ८ बजेपछि बिहान ६ बजेसम्म सार्वजनिक र निजी गाडीहरु चल्नमा प्रतिबन्ध लगाइएको थियो । यो निर्णयले पनि कोरोना केही हदसम्म कम गर्न निकै मद्दत पुर्याएको थियो । किनभने राति ८ बज्नुभन्दा अगाडि नै सबै आफ्नो घर पुगिसक्थे । रेष्टुरेन्ट, होटलहरु ७ बजे नै बन्द भइसक्थयो। जसको कारणले सरकारलाई पनि कोरोना नियन्त्रणमा केही मद्दत पुगेको थियो ।


राति ८ बजेपछि गाडी चल्नमा प्रतिबन्ध लगाएको समयमा स्वास्थ्य मन्त्रालयले जारी गरेको कोरोना चार्टमा पनि कोरोना संक्रमितको दरमा कमी आएको थियो । बेलुका फुट्पाथमा हिड्नेहरुको संख्यामा पनि कमी आएको थियो । बाटोमा मानिसहरुको चहलपहलमा कमी आएको थियो ।
तर सरकारले राति गाडी गुड्न लगाएको प्रतिबन्ध हटाएसंगै कोरोना पनि पहिल्यैकै स्थितिमा आएको छ । मानिसको भीड पनि उत्तिकै बढेको छ । मानिसहरुले कोरोना हराइसकेको जस्तो व्यवहार गरेक छन् । यसले झन् भयानक रुप देखाउने भनाइ विज्ञहरुको छ ।


केही दिनयता उपत्यकामा सक्रिय संक्रमितको दरमा उकालो लागेको छ । काठ्माडौमा दैनिक चार, पाँच सयको हाराहारीमा कोरोना संक्रमितको संख्या थपिएको छ । सक्रिय संक्रमित घट्नुपर्ने ठाँउमा झन् बढिरहेको छ । तैपनि कोरोनाको वास्ता कसैले गरेको छैन् । कोरोना केही होइन् भन्दै मानिसहरु मस्त भएर बसेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *