कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ०५, शनिवार

सर्लाहीको मलंगवामा शिनिवार गोली लोड भएको कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन । मलगंवा नगरपालिका–११ ठूलो पल्सीका ३० बर्षीय समसुद्दिन अन्सारीलाई आफ्नै दाजुसँग झगडा गरिरहेका अवस्थमा एक थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।

शनिवार बिहानै देखी आफ्नै ४५ बर्षीय दाजु फुलगनी अन्सारीसंग झै–झगडा गरिरहेको भन्ने खबर पाएपछि पुगेको प्रहरी टोलीले समसुद्दिनलाई हतियारसहित पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

डीएसपी बुढाथोकीका अनुसार उनिहरु बिचको झै–झगडा छुट्याउने क्रममा समसुद्दिनले कम्मरमा भिरेको अवस्थामा १ राउण्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद हो । पक्राउ परेका समसुद्दिनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *