मुलुक डेस्क | २०७८ ,भदै ०५

अबिरल बर्षाको कारण जिता नदीमा आएको बाढीले प्रभावित तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ को. बर्साइनका बासिन्दाहरुलाई विहिबार राहतवितरण गरिएको छ । गत मंगलबार बाढीले पश्चिमी तटबन्ध भत्काउँदा दलित वस्तीमा बाढी पस्दा को. बर्साइनको राम टोल, खंग टोल र सरदार टोलमा बाढी पस्दा १३३ घर डुबानमा परेको थियो ।

बाढी प्रभावित बासिन्दाहरुलाई गाउँपालिकाबाट विहिबार राहतवितरण गरिएको हो । बाढी प्रभावितप्रति परिवार २५ किलो चामल, ५ किलो भुजा (मुरही), एक किलो सोयाबिन, एक किलो नुन, चार वटा साबुन र एक्वा ट्याबवितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकतृ राजेशकुमार झाले जानकारी दिए । एक्वाट्याब सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले उपलब्ध गराएको थियो ।

बाढी प्रभावितहरुको नामावली संकलनका लागि गाउँपालिकाबाट कृषि विकास अधिकृत उदयकान्त झाको नेतृत्वमा सुरक्षाकर्मी सहितको टोलीलाई परिचालन गरिएको थियो । राहतवितरण कार्यक्रममावडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र साह, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, स्वास्थ्य शाखा संयोजक शैलेश कुमार मिश्र, कृषिविकास अधिकृत उदयकान्त झा, सेभ द सप्तरीका विष्णुकान्त देव, दुर्गानन्द शर्मा सहितको सहभागिता रहेको थियो ।

वस्तमा पसेको बाढी अहिले सुकेको छ । जनजीवन सामान्य बन्दै गएको छ । बाढीले भत्काएको बाँध एक दुई दिनभित्रै निर्माण गरिने बताउँदै गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बाँध निर्माणको लागि आवश्यक बोरा र जाली प्रहरी चौकीको. बर्साइनमा राखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *