
कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ०४, शुक्रवार
सर्लाहीको ग्रामीण भेगमा धुमधामका साथ आज मुस्लिमको लोकप्रिय चाँड दाहा मेलाको आयोजना गरिएको छ ।
विशेषगरी मुस्लिमहरुको बसोबास रहेको जिल्लाका गाउँहरुमा दाहा मेलाको आयोजना गरिएको हो । मेलामा लठ्ठी, फरसा, तलवार र भालालगायतका सामग्रीले खेल प्रदशन गरिएको थियो । कतिपय गाउँमा खेलाडीहरु बिच लठ्ठी लडाएर प्रतियोगिताको आयोजना गरिएका थिए । प्रतियोगितामा विजयी हुने खेलाडीहरुको मनोवल बढाउन मेला आयोजकको तर्फबाट पुरस्कार समेत वितरण गरिएको छ ।
जिल्लाको सदरमुकाम मलंगवासहित सलेमपुर, गैर, फरहदवा (ढंगरा पुल) सुन्दरपुर, शिवनगर, बरहथवा लगायत मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेका ठाउँमा दाहा मेलाको आयोजना गरिएको छ l
मेलामा कुनै किसिमको होहल्ला तथा बवाल नभइ शान्तिपुर्वक सम्पन्न भएको जानकारी प्राप्त भएको छ।