मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०४, शुक्रवार

युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उपाधि मंगलबजारका विवेक श्रेष्ठले जितेका छन् । १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको यो प्रतियोगिताको उपाधि ललितपुर मंगलबजारस्थित मक्षिन्द्र फोटो स्टुडियोका फोटोग्राफर जितेका श्रेष्ठले हुन् ।

प्रतियोगीतमा देशभरका ३८ जिल्लाबाट ३ सय ६६ जना फाटोग्राफरले पठाएका ५ सय १३ वटा फोटो मध्ये उनको तस्विर उत्कृष्ट हुन सफल भएको हो ।

प्रतियोगिताको संयोजकको निर्णायक मण्डलहरुमा फोटोग्राफर योगेन्द्र जंग बस्नेत, भारतका फोटोग्राफर किगन डेनिस, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाकोका वरिष्ठ फोटोग्राफर जेम्स बि सोलोमन थिए भने सिनियर ल्याब टेक्निसियन हरि बहादुर पाण्डे थिए ।

नेपाली फोटोग्राफरहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *