मुलुक डेस्क, ललितपुर । २०७८ भाद्र ०३, बिहिवार

समृद्ध गोदावरी अभियान शृङ्खला अन्तर्गत बुधबवार सम्पन्न कार्यक्रममा पुर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा र बागमती प्रदेश सभा सदस्य राजकाजी महर्जनले आ-आफ्नो दृष्टिकोणसंगै प्रस्तुति दिएका थिए ।

“गोदावरी आफैमा उत्कृष्ट र नमुना ठाँउ हो। यहाँ समृद्धिको अपार सम्भावना रहेको छ् । पर्यटन, कृषि, खानी र होटेल व्यवसायलाई बढावा दिनु पर्दछ ।” पुर्व अर्थ राज्यमन्त्री राणाले व्यक्त गरे । झन्डै ४० लाख जनसंख्या रहेको काठमाडौं उपत्यका गोदावरीको लागि ठुलो बजार भएको समेत उनले थपे । तर बाटोको दयनीय अवस्था बाधक रहेको बताए । बाटो, पानी, शिक्षा र स्वास्थको बिकास पहिलो प्राथमिकता हुनु पर्ने राणाको जोड थियोे ।

बागमती प्रदेश सभा सदस्य राजकाजी महर्जनले पनि गोदावरी समृद्धिका लागि कृषि, साना लघु उद्यम, पर्यटन र संस्कृतिमा विशेष जोड दिनुपर्ने बताए । सि आकारको भुबनौट रहेकोले गोदावरीको समृद्धिको लागि भौगोलिक बनावटको पहिचान गरि बिकासको लक्ष्यतिर अगाडि बढनुपर्नेमा महर्जनको बिचार प्रष्ट थियो ।

दक्षिण ललितपुर अर्थात गोदावरीभरीकै दक्ष, उद्योगी/व्यवसायी, राजनीतिज्ञ लगायतको दिशानिर्देशलाई समेटने गरि गोदावरी उद्योग वाणिज्य संघले कार्यक्रमको आयोजना गरेको हो । गोदावरी इकोनोमिक फोरमको संयाेजनमा सम्पन्न उक्त कार्यक्रममा फोरमका संयोजक डा. रघुविर बिष्टले शुभकामना मन्तव्य दिएका थिए । समृद्धिको लागि चौतर्फी सहयोग र कार्यको आवश्यकता नितान्त अपरिहार्य रहेको डा. बिष्टले बताए । स्वागत मन्तव्यसंगै सार्थक पहल र प्रयासले मात्रै समृद्धि आउने उनको भनाई थियोे ।

समारोहका सभापतित्व गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जग्गनाथ महर्जनले गरेको थियोे । समृद्ध गोदावरी अभियान कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, पुर्व सचिव, अधिकारी लगायत उद्योगी/व्यवसायी, शिक्षाकर्मी र पत्रकारको उपस्थिति रहेको थियोे ।

बौद्धिक र रचनात्मक बहसको यो शृङ्खलालाई युवा पत्रकार बिएम आचार्यले आकर्षक तरिकाले संचालन गरेका थिए भने प्रविधि समायोजन तथा फोटोग्राफिमा चर्चित आर्टिस्ट अजय देसारले कलात्मक लय र प्रभाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published.