FILE PHOTO: Afghanistan President Ashraf Ghani looks on during a bilateral meeting with U.S. President Donald Trump, during a surprise visit at Bagram Air Base in Afghanistan, November 28, 2019. REUTERS/Stringer/File Photo

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०३, बिहिवार

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई) ले बताएको छ। गत आइतवार तालिबानि राजधानी काबुलतर्फ अघि बढेपछि घानीले देश छाडेका थिए।

यूएईको विदेश मन्त्रालयले मानवीयताका आधारमा घानी र उनको परिवारलाई स्वागत गरिएको जनाएको छ। बुधवार जारी गरेको एउटा भिडियोमा घानीले आफू देशबाट नभागेको दाबी गर्दै देशलाई ठूलो दुर्घटनाबाट बचाउन देश छाडेको बताए।

‘रक्तपात र अराजकतालाई रोक्न सकियोस् भनेर अहिलेका लागि म एमिरेट्समा छु,’ उनले भने। ‘हाल म अफगानिस्तान फर्कनेबारे छलफलमा रहेको छु।’

फेसबुकबाट प्रत्यक्ष सम्बोधन गरेका उनले देश छाड्ने क्रममा ठूलो मात्रामा रकम लिएर गएको भन्ने हल्लालाई त्यो पूर्ण रूपमा आधारहीन झुट भएको भन्दै अस्वीकार गरे।

देश छाडेपछि ७२ वर्षीय घानीले अफगानिस्तानका अन्य राजनीतिज्ञले उनको कडा आलोचना गरिरहेका थिए। अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानमा औपचारिक रूपमा सत्ता हस्तान्तरण नभएको भन्दै त्यसलाई जारी राखेको हो।

भिडियो सन्देशमा घानीले आफूले जुत्ता पनि लगाउन नसक्ने अवस्थामा आफूलाई राष्ट्रपति भवनबाट आफ्नो सुरक्षा टोलीले सुरक्षित रूपमा बाहिर निकालेको बताए।

‘घटनाक्रम तीव्र रूपमा विकास भयो। म तालिबानसँग मिलेर एउटा समावेशी सरकार बनाउन चाहन्थेँ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *