कृष्ण सिंह, सर्लाही । २०७८ भाद्र ०३, बिहिवार

सर्लाहीको लालबन्दी नगरपालिका वडा न–१७, रानिगंजबाट हराइरहेकी युवती तीन दिन पछि मंगलबार राती मृत अवस्थामा फेला परेकी छिन् ।

गत साउन ३१ गते आइतवार रातीदेखि हराइरहेकी रानिगन्ज निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेलको शव घरदेखि करिव ३ किलोमिटर टाढा कालिन्जोर खोलामा फेला परेको प्रहरीले जनाएको छ।युवतीको शव पोष्टमार्टमका लागि मंगलवार राती नै जिल्ला अस्पताल मलंगवा ल्याइएको छ ।

मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ ।घटनाको सम्वन्धमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *