मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०१, मंगलवार
नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । मिश्रले नेपालको संविधानको धारा १६७ बमोजिम सपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रिपति भण्डारीले मंगलबार प्रदेश २ का राजेश झा अहिराजलाई प्रदेश प्रमुख पदबाट पदमुक्त गरेपछि मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्ति गरिएको हो। साउन ३२ गते प्रदेश प्रमुखबाट राजेश झालाई हटाएर प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले महोत्तरीका मिश्रको नाम राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।