मुलुक डेस्क , काठमाडौं । २०७८ भाद्र ०१, मंगलवार

प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश झा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा पदमुक्त भएका छन् ।
केपी ओलीको सरकारे २०७७ फागुन ७ को निर्णयबाट प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त गरेको थियो ।

‘‘शिरमा देश, मनमा मधेश’ को मूल उद्देश्यसहित १८० दिन अर्थात् ५ महिना २४ दिन डा. झाले जनताका लागि कार्य गर्ने र संविधान प्रदत्त व्यवस्था लागू गर्ने गराउने अवसर पाएँको आफ्नो बक्तब्यमा उल्लेख गरेका छन् । साथै उनले ‘प्रदेश प्रमुखको पद कुनै दलको हुँदैन, समग्र देशको हुन्छ । यसलाई दलीयताभन्दा पनि समभावमा आधारित समग्र राष्ट्रको हितलाई केन्द्रबिन्दूमा राखेर मैले आफ्नो कार्य सम्पादन गरें । निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि अविश्वास गर्नुपर्ने कुनै पनि कारण नरहेकोले मैले मैले निजी सचिवालय राखिनँ ।’ भन्ने प्रष्ट पनि पारे ।

‘देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणासमेत गर्दछु ।’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *