मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३१, आइतवार
अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् ।
तालिवान लडाकुहरुको आक्रमण बढदै गएपछि गानी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिरा न्युज चैनलले समाचारमा उल्लेख गरेको छ ।
सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।