मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ३०, शनिवार

कञ्चनपुरको बेलौरी नगरपालिका-८ मा नेपाल बङ्गलादेश बैंकले १०० औं शाखा विस्तार गरेको छ।

बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीले बैंकको शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको जानकारी दिए।

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको भन्दै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने पनि जनाएको छ।

Leave a Reply

Your email address will not be published.