मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २७, बुधवार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको छ । लुम्विनी प्रदेश सरकारका प्रवक्ता आर्थिक योजना मन्त्री वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको बताए।
उनले मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको जानकारी दिए ।
प्रदेश सभामा सरकारविरुद्ध विपक्षी गठवन्धनले अविश्वास प्रस्ताव दर्ता गरेपछि आज दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको थियो । विशेष अधिवेशन अघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको नेकपा एमाले लुम्विनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले बताएका छन ।