मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २६, मंगलवार
कोरोना भाइरस संक्रमण थप फैलन नदिन उपत्याकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
“कोरोना बढिरहेको अवस्थामा रोकथामका लागि यस्तो निर्णय गरिएको हो । ८ बजेभित्र सबै गाडीहरु गन्तब्यमा पुगिसक्नुपर्नेछ । अन्य कुरा सबै यथावत नै छ । अत्यावस्यक सवारी भने चलाउन पाइनेछ ” भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले अन्नपूर्णसँग भने ।
तर अर्थतन्त्रलाई चलायमान राख्न निषेधाज्ञालाई कडाइ गर्ने कुनै योजना नभएको भट्टराईले बताए । पछिल्लो समय काठमाडौँ उपत्याकामा कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछि सरकारले सबै नागरिकलाई सावधान रहन आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि भिडियो सन्देश जारी गर्दै अत्यावस्यक काम वाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।