मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २५, सोमवार

भारतीय कलाकार अनुपम श्यामको निधन भएको छ । आइतबार राति ६३ वर्षको उमेरमा श्यामको निधन भएको भारतीय मिडियाले जनाएका छन् । श्यामको शारीरिक अवस्था गम्भीर हुँदै गएपछि ६ दिन अगाडि उनलाई मुम्बईको गोरगावस्थित लाइफ लाइन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।

डाक्टरहरूले उनको मृत्युको कारण मल्टिपल अर्गान फेलियर बताएका छन् । उनी लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट गुज्रिरहेका थिए । ‘मनकी आवाज प्रतिज्ञा’ नामक सिरियलमा सज्जनसिंहकाे भूमिकाबाट उनी निकै चर्चित भएका थिए । धेरैले उनलाई यही सिरियलमार्फत चिनेका थिए ।

टेलिभिजन सोबाट करिअर सुरु गरेका अनुपमले वान्टेड, दुश्मन, सत्या, कच्चे धागे, पानसिंह तमोर, मुन्ना माइकल, रक्तचरित्रजस्ता दर्जनौँ हिट फिल्ममा काम गरेका छन् । यतिमात्र नभइ अनुपमले लिटिल बुद्ध र स्लमडग मिलिनियरजस्ता अन्तर्राष्ट्रिय फिल्ममा पनि काम गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *