मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २४, आइतवार

राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा दर्शकहरूको उपस्थितिबिनै टोक्यो ओलिम्पिक सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले जापानी नागरिकप्रति धन्यवाद ज्ञापन गर्दै महामारीका कारण १६ दिने कार्यक्रम यसपालि अभूतपूर्व भएको बताए।

उनले ओलिम्पिक्स खेलकुदले विश्वलाई एकसाथ ल्याएको र सबैभन्दा मूल्यवान्‌ उपहार आशा दिएको टिप्पणी गरे। कोभिड महामारी हुँदाहुँदै सफलतापूर्वक खेलहरू सम्पन्न भएको अध्यक्ष बाचले बताए।

अर्को ओलम्पिक पेरिसमा:
समारोहमा ओलिम्पिकको झण्डा प्यारिसका मेयरलाई हस्तान्तरण गरियो जहाँ तीन वर्षपछि आगामी ओलिम्पिक्स सञ्चालन हुनेछ।
अरू अधिकांश प्रतिस्पर्धाझैँ फाइनल खेलहरू पनि एउटा रङ्गशालामा दर्शकहरूको उपस्थिति विनै भए।

६३ हजार जनाको सानो देशलाई ओलिम्पिक्समा स्वर्ण पदक
प्रतिस्पर्धामा गएका देशका खेलाडीहरूले सङ्गीत, नृत्य र झिलिमिलीबीच समापन समारोहमा उपस्थित जनाए ।आयोजकहरूका अनुसार कोरोनाभाइरसको सङ्क्रमणका कारण मात्र १९ जना खेलाडी प्रतिस्पर्धामा सामेल हुन सकेनन्।

पदक तालिकामा संयुक्त राज्य अमेरिका ३९ स्वर्णसहित पहिलो र चीन दोस्रो स्थानमा रह्यो। आयोजक जापान चाहिँ पदक तालिकामा तेस्रो स्थानमा रह्यो।

टोक्यो ओलिम्पिक्समा सहभागी टोलीले पदक तालिका सहित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *