मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २३, शनिवार

कोरोनाभाइरस संक्रमण जोखिमका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का सबै परीक्षा स्थगित गरेको हो । यसअघि शुक्रबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड २९ संकट व्यवस्थान समिति सीसीएमसीलाई परीक्षा स्थगितका लागि सिफारिस गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो

विद्यार्थीहरुको जीवन रक्षालाई ध्यानमा राखेर परीक्षा स्थगित गरिएको बताइएको छ । बोर्डका अनुसार अर्को सूचना नआउँदासम्म साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ का सबै परीक्षा स्थगित गरिएको हो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले अर्को परीक्षा कोभिड संक्रमण परिस्थितिलाई आंकलन गरेर तालिका प्रकाशन गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.