मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १२, मंगलवार
नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कार्यवाहक प्रधानसेनापतिमा नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअनुसार शर्मा अब नेपाली सेनाको ४४औं प्रधानसेनापति बन्नेछन् ।
सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार साउन २५ देखि लागु हुने गरी कामु भइ प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न मन्त्रिपरिषदले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापा भदौ २५ गते अनिवार्य अवकाश पाउँदैछन् । थापाको औपचारिक विदाइ २५ भदौमा हुने बताइएको छ ।