May be an image of motorcycle and road

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २०, बुधवार

ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा आएको छ् ।नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २८० पुगेको छ । बढदो लोकप्रियता र सहज पहुँचका लागि शाखा बिस्तार गरेको बैंकले जनाएको छ् ।

No photo description available.

बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुर को गठ्ठाघर र धादिङको धादिङबेसीस्थित बिचबजारमा शाखा सञ्चालनमा ल्याएको हो ।

May be an image of balloon, indoor and text that says 'E बचत गरों T Global IME Bank'

देशका ७६ जिल्लामा शाखा भएको ग्लोबल आइएमई बैंकले हाल २८० शाखा, २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

May be an image of balloon and indoor

Leave a Reply

Your email address will not be published. Required fields are marked *