
मुलुक डेस्क | २०७८ साउन २०
महान क्रान्तिकारी गौरवशाली मोर्चा “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को अगुवाइ एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानको सक्रिय सहकार्यमा हामी विगत लामो समयदेखि सडक संघर्षरत रहेको तथ्य सर्वविदित नै छ । दसकौं देखिको देशमा ब्याप्त सबैखाले बेथिति, अराजकता, कु-शासन, अब्यवस्था, राज्य आतंक, विभिन्न प्रकारले बढ्दै गरेको उदाङ्गो वैदेशिक हस्तक्षेपका विरुद्ध एवं “राज-संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना” हेतुँ जारी “राष्ट्रवादी आन्दोलन” लाई निर्णायक बनाउन हाम्रै नेतृत्वमा देशव्यापी रुपमा संचालन गरिएको “नागरिक संवाद अभियान” मा आम देशभक्त राष्ट्रवादी जनतन्त्र-प्रेमी नेपाली जनसमुदाय उल्लेख्य रुपमा गोलबन्द हुँदैगएको तथ्य अवगत गराउँदछु ।
निर्णयहरु :-
१) बिगत लामो समय देखि राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान मा विभिन्न रुपले सक्रिय रहि जारी राष्ट्रवादी आन्दोलनलाई सक्रिय रुपमा साथ, सहयोग पुर्याउँदै निर्णाक भुमिका खेलिरहनु भएका जिल्ला नवलपरासी गा.वि.स. मकर-४ हाल वर्दघाट न.पा.-४ बस्ने भुमिनन्द पन्तका सुपुत्र युवा समाजसेवी एवं क्रान्तिकारी तथा राष्ट्रवादी बिचारधाराका देशभक्त ब्याक्तित्व राजकुमार पन्तलाई आजैको तिथि-मिति देखि लागु हुनेगरी जनतान्त्रिक तराई मुक्ति मोर्चाको युवा संगठन “जनतान्त्रिक युवा संघ” को नवलपरासी जिल्ला अध्यक्ष मनोनीत गरिएको ब्यहोरा सबैमा जानकारी गराउँदछौं ।

२) इतिहासको कुनै कालखण्डमा कहिल्यै गुलाम नभएको हाम्रो मातृभूमि नेपाल नै कब्जा गर्ने, नेपालीहरु लाई आफ्नो दास बनाउने तथा नेपाल बिसर्जन गर्दै यहाँ वैदेशिक शक्तिकेन्द्रहरुको सैन्य एवं सामरिक प्रयोगशाला बनाउने अमेरिकी साम्राज्यवादी, विस्तारवादी एवं प्रभुसत्तावादी दुरगामी षडयन्त्र तहत नेपालमा लागु गर्न लागिएको MCC सम्झौता, गणतन्त्र, धर्म-निरपेक्षता र विकेन्द्रीकृत भ्रष्टाचारको विरुद्ध राष्ट्रब्यापी बिरोध प्रदर्शन गर्न मातहतका सम्पूर्ण शुभेच्छुक, समर्थक, वर्गीय, पेशागत एवं मुल कमिटीहरुलाई आफ्नो जिल्लाको बिरोधका कार्यक्रमहरुको तालिका बनाई केन्द्रमा अविलम्ब सिफारिस गर्न निर्देशन ।
३) मिति २०७८/०४/१९ गते सिरहा जिल्लाको लहान स्थित मोर्चाका केन्द्रिय सदस्य बुलन यादवको अध्यक्षता एवं कृष्णदेव साह, बिणा मण्डल, दयाशंकर राउत , चन्द्रशेखर साह लगायतका मोर्चाका अगुवा नेताहरुको बैठक बाट पारित भई अनुमोदनका लागि केन्द्रिय सचिवालयमा पठाईएको आन्दोलन सम्बन्धि विविध कार्यक्रमहरुलाई अनुमोदन गरिएको एवं आउँदो शनिबार साउन २३ गते सिरहाको लहानमा एवं सिरहा जिल्लाका स्थानीय तहहरुमा विभिन्न मितिमा हुने जन-प्रदर्शन गर्ने ।
