मुलुक डेस्क | २०७८ साउन १९

तिलाठी कोइलाडी गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवले प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, स्वास्थ्य संयोजक शैलेश कुमार मिश्र र कार्यक्रम अधिकृत राजेश कुमार झालाई आफ्नो कार्यकक्षमा बोलाई विवाद गर्दै कार्यालय नआउन र कामकाज नगर्न चेतावनी सहित धम्की दिएकी छिन् ।

तिलाठी कोइलाडी गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवले आ.ब. २०७७/०७८ मा विभिन्न शाखाहरुबाट सम्पादन गरिएको कार्यक्रमहरुको बारेमा मौखिक रुपमा जानकारी माग गर्दा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाबाट सबै शाखालाई पत्र काटि सम्पादित कार्यक्रमहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको र शाखाहरुबाट प्राप्त कार्यक्रमको विवरणहरु उपाध्यक्ष यादवलाई उपलब्ध गराएको छ ।

उपाध्यक्ष यादवले गाउँ सभाको निणर्य, विभिन्न बिषयगत समितिको निणर्यहरु लगायतको बिषयमा मिति २०७८/४/१२ गते लिखित रुपमा सूचना माग गर्नुभएको सन्दर्भमा समयभित्रै सूचना उपलब्ध गराउने प्रतिबद्धता जनाई सूचना उपलब्ध गराउने क्रममा रहेको अवस्थामा मिति २०७८/४/१९ गते प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, स्वास्थ्य संयोजक शैलेश कुमार मिश्र र कार्यक्रम अधिकृत राजेश कुमार झालाई आफ्नो कार्यकक्षमा बोलाई विवाद गर्दै भोलिदेखि कार्यालय नआउन र कामकाज नगर्न चेतावनी दिएको, प्रमुख प्रशासकीय अधिकृत ज्यूले कामकाज नगर्ने बारेमा लिखित दिनुस् भन्दा लिखित नदिने र कामकाज नगर्नुस् कामकाज गरेमा हातपात गर्नेसम्मको धम्की दिएकोप्रति घोर आपत्ति जनाउँदछौं ।

उपाध्यक्ष यादवले गत विगतमा पनि कर्मचारीलाई समय समयमा धम्की दिंदै आएको र कर्मचारीहरु माथि हातपात समेत गरेको हुँदा निज उपाध्यक्ष यादवले माफी नमागेसम्म तथा शान्ति सुरक्षाको पूणर् प्रत्याभूति नभएसम्म कार्यालयमा कामकाज गर्ने अवस्था नरहेको हुँदा मिति २०७८/०४/२० गतेदेखि स्वास्थ्य संस्था बाहेक गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिने कामकाज ठप्प पार्ने र आन्दोलनको अन्य कार्यक्रमहरु सञ्चालन गर्ने कर्मचारीहरुको बैठकबाट निणर्य गरिएको जानकारी गराउँदछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *