मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १९, मंगलवार
बैंक अफ काठमाण्डू (बिओके) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट शोभनदेव पन्त अवकाश भएका छन् । पन्तकाे बैंक अफ काठमाण्डूको सीईओ पदमा ४ बर्से कार्यकाल सकिएकाे छ । उनको कार्यकाल भदौ ४ गते सकिदै छ ।
उनी सोमबारदेखि बिदामा बसेका हुन् ।त्यस्तै बैंक सञ्चालक समितिले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा डेपुटी सीईओ रहेका श्रवणलाल मास्केलाई दिएको छ। मास्केकाे कार्यकाल भदाै ४ गतेबाट लागु हुने छ ।
बैंक अफ काठमाण्ठू आउनुअघि पन्त लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । पन्तलेनै डुब्न लागेको लुम्बिनी बैंकलाई बलियो बनाएर बैंक अफ काठमाण्ठूसँग मर्ज गराएर बाहिरिएका थिए । पन्तको बैंकिङ क्षेत्रमा ३५ बर्षभन्दा बढीको अनुभव रहेको छ ।