May be an image of 1 person, standing and text

रामअधार साह, काठमाडौं । २०७८ साउन १८, सोमवार

महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका पितासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सुजिताका बुबा पिपरा गाउँपालिका-६ का ५० वर्षीय कामेश्वर पाण्डे, भंगहा नगरपालिका-१ कबिलाशाकी ३५ वर्षीया अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगर-२४ का ५५ वर्षीय प्रमोद मण्डल ( विनोद ) लाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा दोषी देखिएकाले विभिन्न मितिमा तीनैजनालाई पक्राउ गरी महोत्तरी प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले भने, ‘छोरीको हत्या भएको कुरा जेठ २५ मै जानकारी भए पश्चात प्रतिवादी रुपेशसँग घटना लुकाउन बार्गेनिङ गरेको कुरा पनि अनुसन्धानबाट खुलेको छ ।’

रुपेशले हत्या गरेलगत्तै अञ्जुलाई जानकारी गराएका थिए । तर, उनले पनि घटना लुकाउन भूमिका खेलेकोले पक्राउ गरिएको डीएसपी विष्टको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *