May be an image of 1 person, outdoors and tree

मुलुक डेस्क, ईलाम । २०७८ साउन १७, आइतवार

मोरङबाट इलाम आएर गोपाल सेन्चुरी लोप हुन लागेका दारका ठेकी बनाउनमा तल्लिन छन । इलामको बरबोटेमा उनले इलामकै सुम्वेकबाछ ल्याएका दारका मुढाको ठकी बनाइे रहेका छन् । बाटोको किनारैमा काठका मुढा ल’डिरहेका छन । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने सेन्चुरीलाई फुर्सद नै छैन । लामो फलामको छिनो, धारिलो टुप्पो अलिकति कोप्रिएको, त्यही छिनोले काठका मुढा कोट्याएर उनले मनग्य आम्दा’नी गरिरहेका छन् ।

कुमालेको चक्रजस्तै घुम्ने बिजुली मेसिनमा काठका मुढा घुमाउँदै खडानन्द बिहान, दिउँसो र साँझ ठेकी बनाउने कारखानामा व्यस्त हुन्छन । २५ वर्ष अधिदेखि उनले यो सीप सिकेर पेसामा लागेका सेन्चुरी अहिले सम्म ठेकी बनाएरै बितेको बताउँछन् । ठेकीबाट भएको आम्दानी सुनारको घरखर्चमा मात्रै सीमित छैन, उनले आफ्ना छोराछोरीको शिक्षामा लगानी गरेका छन ।

काठको ठेकी अहिले उनी कति मानाको आधारमा विक्री गर्ने गर्दछन उनी एकमाना जाने ठेकी ३ सय देखि ४ सय सम्ममा बिक्री हुने बताउँछन् । उनले ठेकी बनाउने ठाउमा उनी मात्र होइन अन्य ४-५ जनाले रोजगारी पनि पाएका छन् । पहिले पानीघट्टको प्रयोगबाट मेसिन सञ्चालन हुने भए पनि अहिले विद्युत प्रयोग भएको छ । पानीघट्टभन्दा विद्युतबाट मेसिन सञ्चालन गर्दा सहज र उत्पादनमा समेत वृद्धि भएको अनुभव उनीहरूको छ ।

विद्युतबाट मेसिन सञ्चालन हुन थालेपछि विभिन्न ठाउँमा गएर काम गर्न सहज भएको छ । ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो । मिहिनेतअनुसार आम्दानी नहुने र बजारमा आएका आधुनिक भाँडाकुँडाका कारण ठेकीको व्यापारमा कमी आएको उनको भनाइ छ ।इलाममा यस अघि कसैले पनि ठेकी नबनाएको र आफुले नदेखेको अहिले देख्न पाउँदा हाम्रो पुस्ता मात्र हैन बुवाहरुको पुस्ताले पनि देख्न पाएको र उहाँहरु यहाँ आएर संस्कृतिको जगेर्ना गरेकोमा खुसी लागेको स्थानीय दुर्गा दुलाल बताउँछन् ।

ग्रामीण क्षेत्रमा किसानले दही जमाएर मोही पार्ने र राख्ने सामग्रीका रूपमा ठेकीको प्रयोग हुँदै आएकामा अहिले पशुपालन कम हुन थालेपछि यसको प्रयो’गमा कमी आएको छ ।हिजोआज प्लास्टिक तथा धातुका सामान प्रयोग हुन थालेपछि काठको ठेकी लोप हुने अवस्थामा पुगेको हो । पछिल्लो समय बिक्री कम हुने र पर्याप्त काठ नपाउने हुँदा पनि ठेकी बनाउने पेशा सङ्कटमा परेको छ । ठेकी बनाउनका लागि दार, कटहर, सिसौ, खिर्रो लगायतका काठको प्रयोग हुन्छ ।

( गोमा पुन )

Leave a Reply

Your email address will not be published. Required fields are marked *