मुलुक डेस्क | २०७८ साउन १५ | काठमाडौं
नबिल बैंक र डी भी एक्सिलस (Kheti App) द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तिय पहु‘चको प्रदान गर्न सहकार्य गरेको छ ।
यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तिय पहु‘च प्रदान गर्न नबिल बैंक, एक प्रमुख बैंकको रुपमा अगाडी बढेको छ । यसै गरी, किसानहरूले डी भी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्दछन् ।
अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत, नबिल बैंक र देवेश प्रधान, निर्देशक, डी भी एक्सिलसले यस सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नबिल बैंकका तर्फबाट सुजित कुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत र निरज बस्नेत (डनिल), प्रमुख – एस एम ई तथा लघुवित्त को उपस्थिति रहेको थियो । साथै डी भी एक्सिलसको तर्फबाट किरण नायर, मुख्य संचालन अधिकृत तथा सुभाष भट्टराई, मुख्य प्रविधि अधिकृतको उपस्थिति रहेको थियो ।
साझेदारीको बारेमा बोल्दै, नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह ले भने “नबिल बैंकले सदैब दिगो बैकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राहृश्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो । हामी डी भी एक्सिलस संगको यस सहकार्य द्वारा कृषकहरुको आवश्यकता अनुसार कृषि कर्जा प्रदान गरि उनीहरुको उत्पादन क्षमता वृद्धि गरि देशको आर्थिक विकासमा योगदान पुराउदै समाजमा स्वस्थ्य र स्वच्छ तथा अर्गानिक उत्पादनको पहुच पुर्याउने अभियानमा सहकार्य गर्न पाउदा उत्साहित छौं ।