May be an image of 3 people, people sitting, people standing and text that says '9 OPPORe2 OPPO Reno2F 2021/07/26 11:21'

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ११, सोमबार

जनता समाजवादी पार्टीका ५१ कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा स्पष्ट बहुमत सदस्य उभिएका छन् ।निर्वाचन आयोगमा उपस्थित भएर ३५ जनाले यादवको पक्षमा सनाखत गरेका छन् भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेको नेताहरुले बताएका छन् ।

May be an image of one or more people, people sitting and people standing

अध्यक्ष यादवले आफूहरुको पक्षमा अहिलेसम्म ३४ जनाले हस्ताक्षर गरेको बताए ।उनी निकट स्रोतका अनुसार रेशम चौधरी पनि अहिले उपेन्द्र यादवकै पक्षमा उभिएका छन् । उनलाई निर्वाचन आयोगमै उपस्थित गराएर हस्ताक्षर गराउने तयारी भइरहेको छ ।

यसअघि ठाकुरसँगै रहेका नेताहरु अमृता अग्रहरी, राजकिशोर यादव, मनिष सुमन, रेशम चौधरी र गोविन्द चौधरी यादव पक्षमा सहभागी भएका थिए । ठाकुर समूहमा रहेका नेता शरतसिंह भण्डारीले पनि आफूहरुको पक्षमा १६ जनामात्रै रहेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *