मुलुक डेस्क, २०७८ साउन ११, सोमबार
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ मा अग्निसाइर मन्दिरको निर्माणको लागि जग खन्ने क्रममा २९ वटा प्राचीन कलात्मक ढुङ्गाको मूर्ति भेटिएको हो ।
मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आयोजित एक कार्यक्रममा मन्दिरका पुजारीलाई उक्त मूर्ति हस्तान्तरण गरेको हो ।
मन्दिर बनाउन जग खन्ने क्रममा ढुङ्गामा कुदिएका कलात्मक मूर्ति भेटिएको र मूर्तिलाई लाई सुरक्षित रुपमा व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मा दिने निर्णय भएको मन्दिरका पुजारी चौधरीले बताए ।
कार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का वडाध्यक्ष पशुपति चौधरी, साविक सीतापुर गाविसका पूर्वअध्यक्ष सहवीर चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्रीनारायण चौधरी, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीको उपस्थिति थियोे ।