मुलुक डेस्क, २०७८ साउन १० , काठमाडौं


नबिल बैंकले आजदेखि ३ अर्ब रुपैया“ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । “८०० नबिल डिबेन्चर २०८५” नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई एक हजार रुपैया“ अंकित दरमा बिक्रीमा आएकोे छ । ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याजद∕ पाईनेछ ।

नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैया“ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैया“ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *