May be an image of indoor

मुलुक डेस्क, बारा । २०७८ साउन ११, सोमबार

बाराको सिमरामा आजदेखि साझा मार्ट सञ्चालनमा आउदैछन् । साझा मार्टको आज एक कार्यक्रमकाबिच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सिमराका युवा व्यवसायी सुरेश के.सी. साझा मार्टका सञ्चालक हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित रेल्वे लाईनमा रहेको छिमेकी माईक्रोफाईनान्स नजिकै सञ्चालनमा आउन लागेको साझा मार्टमा ओपेनिङको अवसरमा बिशेष छुट दिने तयारी गरिएको हो ।

ओपेनिङको अवसरमा आजदेखि साउन १६ गतेसम्म हरेक सामान खरिदमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक सुरेश के.सीले जानकारी गराए ।”सोच नयाँ, प्रयोग नयाँ” भन्ने अभिप्रायका साथ सञ्चालन गरिएको मार्टले सिमरामा फ्रि होम डेलिभरीको पनि व्यवस्था गरेको छ ।

मार्टमा खाद्यान्न तथा पेय पदार्थ, दुग्धजन्य पदार्थ तथा बेकरीका सम्पुर्ण सामग्री पाईने सञ्चालक के.सीले बताएका हुन् ।

Leave a Reply

Your email address will not be published.