May be an image of 1 person

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १०, आइतबार

एकताका चर्चामा आएको नेपाल सदभावना पार्टी ब्युँझाइएको छ । २०४६ सालमा प्रजातन्त्र पुनः स्थापना पश्चात् राष्ट्रिय राजनीतिमा मुल धारको पार्टी भएर बर्चस्व जमाएको पार्टी हो – नेपाल सदभावना पार्टी ।

रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सदभावना पार्टी नाम गरेको दल दर्ता गरेका छन् ।

May be an image of 1 person

आयोगमा उक्त पार्टी १ सय ५५ औ नम्बरमा दर्ता भएको छ । साथै आयोगले उक्त पार्टीलाई पञ्जा छाप चुनाव चिन्ह प्रदान गरेको छ । पञ्जा छाप चुनाव चिह्न पुरानो र पहिलो नेपाल सदभावना पार्टीको चुनाव चिह्न हो ।

तर बिगत केही वर्षमा त्यही पार्टी मार्फत आफ्नो राजनीति छवी बनाएकाहरुले मधेश र मधेशीको नाममा यो पार्टीको नाम निशान समेत बेचेर खाये ।वि. सं. २०४२ सालमा स्थापना भएको नेपाल सदभावना पार्टी २०४७ बैशाख ३ गते नेता गजेन्द्रनारायण सिंहको नेतत्वमा चुनाव आयोगमा दल दर्ता भएको थियो ।

मधेशको मुद्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उठाउने नेता हुन् – गजेन्द्र नारायण सिंह ।उनको मृत्यु पश्चात् उक्त पार्टी धेरै टुक्रामा बिभाजित भयो। संस्थापक नेता स्व. सिंहको धर्मपत्नी आनन्दीदेवी, राजेन्द्र महतो, श्याम सुन्दर, सरिता गिरि हुदै पछिल्लो समयमा नेपाल सदभावना पार्टी अनिल झा सँग पुगेको थियो ।

झाले नेपाल सदभावना पार्टीलाई तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकीकरण गराएका थिए । त्यसपछि नेपाल सदभावना पार्टी नेपाली राजनीतिबाट हराएको थियो । सदभावना पार्टीको नाममा थुप्रै कानुनी लडाइँ भएको थियो ।

नेपाल सदभावना पार्टीको आधिकारिकता पाउन निर्वाचन आयोग र सर्वोच्चमा पटक पटक मुद्दा दायर भएको थियो । हराएको पार्टीलाई पुन: ब्युँझाइएको सह महासचिव राजेश चौधरीले बताए । उनले भने, ‘यो पार्टीलाई पहिले झैं मधेशमा लोकप्रिय बनाउछौं ।’ र वास्तविक मधेश र मधेशीको हकहितको लागि लडने छाैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *