May be an image of 8 people and people standing

मुलुक डेस्क, ललितपुर । २०७८ साउन १०, आइतबार

योङ्ग पिकासो आर्ट स्कूलको आयोजना र झ्यालीपाटी योग साधना केन्द्रको सहयोगमा दर्जनभन्दा धेरै कलाकारले कमलका सुन्दर चित्र बनाएका हुन् । सुन्दर, कोमल र मनमोहक कमलको फूलहरु देखेर कलाकारहरु गुरु पुर्णिामाको अवसरमा चित्र कोर्न चापागाँउ कमलपोखरी ‘पल्सवा पुखु’ आएर चित्र कोरे ।

राजधानीको नख्खु, बानेश्वर, शंखमुल र चापगाँउलगायत ठाँउबाट कलाकारहरु सहभागी भएका थिए ।योङ्ग पिकासोका निर्देशक अजय देशारले स्थानीय कला र पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने लाइभ आर्ट सेसन सुरु गरिएको बताए ।

May be an image of flower

हाम्रो ठाँउमा यस्ता सुन्दर ठाँउ छन् भने प्रचार गर्न कलाको माध्यम सशक्त हुन्छ । कलाकार देशारले कारोना संक्रमणपछि कला यात्रा मार्फत प्रचारमा लागेको बताए । उनले यी चित्रहरु प्रर्दशनीमा राखेर प्रचार गर्ने पनि जनाए ।

कोरोना संक्रमणको त्रासपछि कला यात्रामा निस्किन पाउदा आफूलाई खुशी लागेको कलाकार मिरा जोशी प्रधानले बताइन् । उनले भनिन्, ‘कला प्रेमीलाई मन पर्ने कमलको फुलै फुल फुलेको यो ठाँउ अत्यधिक मनमोहन र रमाइलो रहेछ ।’झ्यालीपाटी योग साधना केन्द्रका अध्यक्ष दयाराम महर्जनले धेरै ठाँउ डुलेर कमलको फूल रोपेको बताए । उनले भने, हामी यो पोखरी वरपर पार्कसहित बगैचा बनाउदै छौं ।

May be an image of flower, body of water and nature

२५ वर्षअघि यस पोखरीमा सुन्दर फुल फुल्थे । स्थानीय युवाहरु मिलेर जग्गा संरक्षणसँगै कमलको फूल फुलाउन सफल भएको उनले बताए । यस पोखरीमा रंगीन माछा राखिएको छ् ।नजिकै रहेको धापाखेलस्थित नागदहमा समते कमलको फूल्ने गर्दछ ।

तर संरक्षणको अभावमा फूल हराउने गरेको छ ।यस पोखरीमा बाल बच्चाहरुलाई डुवाएर तर्साउदा सातो आउने जनविश्वास पनि छ । संगै पागल वनको नजिक रहेको पोखरीमा रंग विरंगी चराहरुको आवतजावतले थप आकर्षक बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *