May be an image of 1 person

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ९, शनिबार

टोकियो ओलम्पिकमा यसपटक सिरियाकी १२ वर्षीया हेन्ड जाजा डेब्यु गर्दै छिन् । उनी टोकियो ओलम्पिककी सबैभन्दा कम उमेरकी खेलाडी हुन् । शनिबार टोकियो ओलम्पिकमा जाजाले आफ्नो पहिलो खेल अष्ट्रियाकी लिउ जियासँग प्रतिस्पर्धा गर्दै छिन् ।

शनिबार ओलम्पिकमा डेब्यु गरेसँगै उनी ओलम्पिक खेल्ने सन् १९६८ यताकै सबैभन्दा कम उमेरकी खेलाडी हुने छिन् ।सिरियाकी १२ वर्षीया टेनिस खेलाडीले गत वर्षको फेब्रुअरीमा जोर्डनमा भएको एसियाली छनोटमा लेबनानकी ४२ वर्षीया मारियाना साहाकियानलाई हराउँदै टोकियो ओलम्पिकमा आफ्नो सिट सुनिश्चित गरेकी हुन् ।

May be an image of 1 person and standing

सबै उमेर समूहमा राष्ट्रिय उपाधि जित्ने उनी पहिलो सिरियाली खेलाडी हुन् र उनी शनिबार टोकियो ओलम्पिकमा आफ्नो डेब्यु गर्न गइरहेकी छिन् । त्यतिमात्र होइन, जाजा सिरियाबाट सोझै ओलम्पिकमा छनोट भएकी पहिलो खेलाडी हुन् । ‘यो मेरो देश, मेरा अभिभावक र सबै साथीहरुका लागि उपहार हो,’ मार्क डटकमसँगको कुराकानीमा जाजाले भनिन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा उनले भनेकी छिन्, ‘मेरो लक्ष्य विश्व च्याम्पियन बन्नु हो र एकदिन ओलम्पिक च्याम्पियन बन्नु हो ।’अन्य सिरियाली बालबालिका जस्तै जाजाको बाल्यकालको अधिकांश समय सिरियाली गृहयुद्धको छायाँमा बितेको छ । यसबाट बाहिर निस्किन उनले टेनिसलाई रोजिन् ।

बारम्बार बत्ती जाने समस्याका कारण जाजाको अभ्यास रोकिएको थियो ।सन् २००९ मा सिरियाको हामा भन्ने स्थानमा जन्मिएकी जाजा २०१४ मा पहिलोपटक टेबलटेनिस खेल्न थालेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *