मुलुक डेस्क, चितवन । २०७८ साउन ८, शुक्रबार
चितवनको राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा प्रहरीले सचिनलाई पक्राउ गरेको छ ।
बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी भण्डारी प्रकरणमा सजिताको ठुलो बुबाको छोरा दाजु पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको हो ।उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
झापाको झापा गाउँपालिका-६, शरणमति घर भएका २३ वर्षीय सचिन र सुजिताबीच विवाह गर्नेसम्मको तयारी रहेको र सोही विषयमा विवाद भएको भएको प्रहरीले जनाएको छ ।
सचिन सुजिताको आफ्नै ठुलोबुबाको छोरा हुन् । असार ११ गते वेवात्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।