मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ८, शुक्रबार
सवारी साधनको राजस्व र ब्लुबुक नबिकरण अनलाइनबाट नै गर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकारले आजदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरीवाना शुल्क, बीमालगायतका काम अनलाइनबाटै हुनेछन् ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यो सेवाको सुरुवातको उद्घाटन गरेका छन । बागमती प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार गरेसंगै अब सर्बसाधारणले खेप्दै आएको दुखको अन्त्य हुने भएको छ ।
यस अघि दिनभर लाइनमा बस्नु पर्ने देखि बिचौलियालाई पैसा खुवाएर काम लगाउनु पर्ने बाध्यता रहदै आएको थियो । कोरोना महामारीका बीच यो प्रणाली आएसंगै अब भने आफ्नो सवारीको राजस्व र नबिकरण घरैबाट गर्न सकिने भएपछि संक्रमणको जोखिमबाट समेत बच्न सकिने भएको छ ।
यो प्रणालीबाट आफ्नो सवारीको सम्पूर्ण विवरण समेत सेवाग्राही आफैले हेर्न सक्ने हुदा कार्यालय गएर सोधपुछ गर्ने समस्याको समेत हल भएको छ । वेबसाइट र एपमा गएर अनलाइन भेटघाट, सवारी नामसारी, सवारी बीमा, आफूले तिर्नु पर्ने राजस्व र नबिकरणको जानकारी त्यहीँबाट पाउन सकिने भएको छ ।