May be an image of 2 people, people standing and text

मुलुक डेस्क, महोत्तरी । २०७८ साउन ७, बिहीबार

“महोत्तरीको बर्दीबास मनरा हुदै जलेश्वरसम्मको हुलाकी सडक खण्डमा विमलेन्द्र नीधिको बिशाल रैली । महोत्तरीको जलेश्वरमा पुर्व मन्त्री महेश्वर प्रसाद सिंहको शालिक अनावरण र भवन उदघाटनमा सरिक ।”

नेपाली काँग्रेसका उपसभापति तथा पुर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र नीधिलाई विहिबार महोत्तरीमा भव्य स्वागत गरिएको छ । महोत्तरीको बर्दीबास मनरा हुदै जलेश्वरसम्मको हुलाकी सडक खण्डमा विमलेन्द्र नीधिको बिशाल रैलीमा हज्जारौं कार्यकर्ता एवं सर्वसाधारणको उपस्थिति रहेको थियोे ।

नेता निधि नेपाली काँग्रेसका संस्थापक नेता महेन्द्र नारायण नीधिका सुपुत्र हुन् । गान्धीवादी नेता महेन्द्र नारायण नेपाल कै प्रभावशाली राजनेता थिए । उनी नेपालको प्रतिनिधि सभाको प्रहिलो उप सभामुख थिए । पुर्व मन्त्री समेत रहेकोे नेता निधि सालिन र स्वच्छ छविका बौद्धिक व्यक्ति थिए ।महोत्तरीको जलेश्वरमा पुर्व मन्त्री महेश्वर प्रसाद सिंहको शालिक अनावरण र भवन उदघाटनमा सरिक भएको नेता नीधिको जनप्रदर्शनले काँग्रेस सभापतिको दाबेदारीमा थप समर्थन र बल पुगेको देखिन्छ ।

No description available.

“महेश्वर प्रसाद सिंह स्मृति भवन” नेपाली कांग्रेस महाेत्तरी जिल्ला पार्टी कार्यालय भवनको उद्घाटन तथा स्वर्गीय नेता तथा पुर्व मन्त्री महेश्वर प्रसाद सिंहको स्मारक (सालिक) अनावरण गर्ने नेता निधि लावा लस्कर सहित जलेश्वर आईपुगेका थिए ।नीधिले नेपाली कांग्रेसको आउदो १४ औ महाधिवेशनको लागि घरबाटै आर्शिवाद पाईसकेकोले जितको पाईला अगाडी वढेको बताए ।

महोत्तरी सदरमुकाम जलेश्वर स्थित जिल्ला पार्टी कार्यालय रहेको महेश्वर प्रसाद सिंह स्मृति भवन र शालिक अनावरण गर्न आएको वेला उनले सो बताएका हुन ।निधिले पार्टीलाई दृढताका साथ अगाडि बढाउन आफूले नेतृत्व लिन चाहेको बताउँदै उनले पार्टीलाई थप सुदृढ बनाएर अगाडि बढाउने इच्छाका साथ सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेको स्पष्ट गरे।

May be an image of 1 person

उनले भने, ‘पार्टीले पछिल्लो निर्वाचनमा बेहोरेको हारलाई बिर्संदै थप ऊर्जा प्रदान गर्नका लागि मैले उम्मेदवारी दिन लागेको छु र यसमा सम्पूणर् नेता कार्यकर्तालाई साथ र सहयोग गर्न अपिल समेत गर्दछु ।’नेपाली कांग्रेसकै नेतृत्वमा संविधानको शतप्रतिशत कार्यान्वयन हुने नेता निधिको दाबी थियो । निधिले नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार बनिसकेको र यो सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी समेत गरे ।

अबको डेढ वर्षपछि हुने निर्वाचन गराउने जिम्मेवारी पनि नेपाली कांग्रेसकै काँधमा रहेकाले यो अवधिमा अहोरात्र जनतामाझ गएर खट्न नेता कार्यकर्तालाई उपसभापति निधिले निर्देशन समेत दिए ।उपसभापति निधीले ६३ सिटमा सिमित भएको नेपाली कांग्रेसले १६५ विश्वासको मत प्राप्त गर्नु र स्थाई सरकार बनाउन सफल हुनु ठुलो मौका भएकोले यस अवधिमा देश र जनताको मन र मत जित्न घर घरमा कांग्रेसका नेता तथा कार्यकर्ताहरु पुगेर नेपाली कांग्रेस प्रतिको विश्वास अझै बढाउन अभियान नै चलाउन आग्रह गरे ।

उनले नेपाली कांग्रेसकै दुरदर्शिता र कुशलता पुर्वक खेलेको भुमिकाकै कारण देशले संविधान पाएको स्मरण गराउदै नेपाली कांग्रेस गणतन्त्रको पक्षधर भएको बताए ।शक्ति प्रदर्शन:महोत्तरी स्थित पार्टी कार्यालयमा भवन उदघाटन कार्यक्रममा आउने क्रममा हजारौको भिडमा रहेको उनका समर्थकहरुले बर्दिवास देखि नै उनलाई स्वागत गरेका छन ।

No description available.

बर्दिवास हुदै गौशाला, सम्सी, मनराको बाटो हुदै आएका निधीलाई बाटोमै हजारौ कार्यकर्ताहरुले भव्य स्वागत र अभिवादन गर्दै सभापतिको लागि आफ्नो योग्य उम्मेदवारको रुपमा समर्थन गरेका थिए । उनीसंग समेत सयौको संख्यामा मोटरसाईकल र चारपांग्रै सवारी साधनमै विशाल जुलुस नै हिडेपछि महोत्तरीमा कोरोना नै नभएको अनुभुति समेत भएको थियो ।

सामान्यतया महोत्तरी र धनुषा आईरहने निधीलाई महाधिवेशन नजिकिदै गर्दा भएको भव्य स्वागतले उनका प्रतिद्वन्दीहरु तर्सने उनकै पार्टीका केहि नेता तथा कार्यकर्ताहरुले टिप्पनी गरेका छन ।

May be an image of twilight, cloud and tree

नेपाली कांग्रेसका वर्तमान जिल्ला सभापति महेन्द्र कुमार रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश २ का महिला तथा बालबालिका तथा युवा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह,नेपाली कांग्रेसका केन्द्रि सदस्य किरण यादव,बल्वा नगरपालिकाका मेयर विनोद कुमार यादव,औरही नगरपालिकाका मेयर सुनिल कुमार यादव,लोहारपटटी नगरपालिकाका मेयर शैलेन्द्र कुमार यादव लगायत पार्टीका केन्द्रिय,प्रदेशिय,जिल्ला स्तरका र क्षेत्र स्तरका अतिथिसंगै हज्जारौंको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *