May be an image of 1 person, sitting, standing, fire and outdoors

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन ७, बिहीबार

विश्व हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषद्ले राजविराज, वीरगञ्ज जस्ता देशका मुख्य सहरहरूमा प्रदर्शन गरेको हो ।

May be an image of 3 people and people standing

विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरूले डा.भट्टराई विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।बहुसङ्ख्यक सनातन धर्मावलम्बिहरुले आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आरोप छ ।

हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष परिषद्ले माग पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published.