May be an image of 5 people, people standing, animal and outdoors

मुलुक डेस्क, रौतहट । २०७८ साउन ७, बिहीबार

लगभग १५ हजारको दरले खरिद गरिएको ब्राखा उन्नत प्रजातिको भनेर रौतहट जिल्लाको राजदेवी नगरपालिकाले वितरण गरेको छ । २ देखि ३ हजार पर्ने लोकल प्रजातिका ब्राखालाई कुल खर्च सहित लगभग १५ हजारको दरले अनुमानित १५ लाख रकम निकाशा गरि भुक्तानी गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को प्रधानमन्त्री कृषि आधुनिकरण परियोजन अन्तर्गत संचालन भएको बाख्रा पकेट क्षेत्र कार्यक्रममा सो अनियमितता भएको हो। वार्षिक रुपमा संचालन हुने कार्यक्रमको लागि नगरपालिकाले २०७८ साल जेष्ठ १४ मा १५ दिने सुचना जारी गर्दा सो सुचनामा कार्यक्षेत्र राजदेवी नगरपालिकाको १ देखि ९ वडा तोकिएकोमा ४ वटा वडामा नै कार्यक्रम सिमित गरेर रकमको दुरुपयोग गरेको हो ।

अषाढ ९ गते भएको प्राविधिक समुहको बैठकमा राजदेवी बाख्रा फर्म राजदेवी बसतपुर ४ लाइ छनौट गरि ११ गतेमा बाख्रा अनुदान तराई बाख्रा र बोका बोयल जातको दिने गरि अनुमानित १५ लाखमा नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत सुबोध साह र फर्म संचालिका रिता देवी विच सम्झौता भएको देखिन्छ ।

May be an image of animal and outdoors

नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत , लेखापाल र कार्यक्रम संचालन गर्ने राजदेवी बाख्रा फर्म राजदेवी नगपालिका ४ का कृषक रिता देवीले मिलेर परियोजना को लक्ष्य विपरित कार्य गरि रकममा अनियमिता गरेको खुलेको छ।

१०० बाख्रा वितरण गर्न अनुमानित गरि कूल खर्च सहित लगभग १५ लाख रकम विनियोजन गरेकोमा कार्यक्रम संचालिका रिता देवीले २ देखि ३ हजारमा पाइने तराई जातका बाख्रा गरीद गरि १५ हजारका दरले भर्पाइ बनाएर रकम अनियमिता गरेको पाइएको छ। यस बारे सम्वन्धित निकायबाट निस्पक्ष रुपमा छानविन गरि कानुनी कार्यवाही गर्न नगरपालिकाका उपप्रमुख अंशु सिंहले माग गरेकि छिन।

बाख्रा वितरण कार्यक्रम क्षेत्र १ देखि ९ वडा सम्म निर्धारण भए पनि वडा नम्बर ४, ६, ८ र ९ मा मात्रै वितरण गरिएको छ । वडा नम्बर १ , २ ३,५ , र ७ मा वितरण गरिएको छैन ।अषाढ २५ सम्म कार्यक्रम सम्पन्न गरिसक्नु पर्ने सम्झौता पत्रमा उल्लेख गरिएको भएपनि २८ गते बाख्रा वितरण गरिएको थियो ।महिनौ देखि काम सम्पन्न नगरि अन्तिम समयमा भुक्तानीको लागि कागजपत्र पेश गरिएको थियो ।

निमित प्रमुख प्रशासकीय अधिकृत साह ले २८ गते कार्यक्रम संचालन भइ विल भर्पाइ पेश गरेको राजदेवी बाख्रा फर्मको १५ लाख भुक्तानी सोही दिनमा पास गर्नु आर्थिक चलखेल भएको आशंका सहजै गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *